२०७७ आषाढ १३ गते शनिबारको राशिफल

Newslaya Home

२०७७ आषाढ १३ गते शनिबारको राशिफल

शनिबार १३, असार २०७७

मेष । शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

वृष । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

मिथुन । आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

कर्कट । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

सिंह । आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

कन्या । आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

वृश्चिक । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

धनु । आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने र खर्चसमेत बढ्ने योग छ ।

कुम्भ । आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

मीन । भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।