सुनसरीमा थप १० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ८५ पुग्यो

Newslaya Home

सुनसरीमा थप १० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ८५ पुग्यो

शुक्रबार १२, असार २०७७

धरान । सुनसरीमा आज थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुनसरीको कोसी क्वारेनटाइनमा ८ जना र देवानगन्ज क्वारेनटाइनमा २ जना गरी १० जनामा ६ जना पुरुष र ४ जना महिला रहेका छन् ।

उनीहरू सबैको विराटनगरस्थित कोसी अस्पतालमा पिसिआर परीक्षण गरिएको हो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८५ पुगेको छ ।