जापानबाट स्वदेश फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको आग्रह

Newslaya Home

जापानबाट स्वदेश फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको आग्रह

शुक्रबार १२, असार २०७७

काठमाडौं । जापानस्थित नेपाली दूतावासले स्वदेश फर्कन अत्यावश्यक रहेका नेपालीलाई आवेदन दिन आग्रह गरेको छ ।

दूतावासले जुन ३० तारिखभित्र फर्म भरिसक्नुपर्ने समयसीमा तोकेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले फर्म भर्न छुटेकालाई त्यस्तो सूचना जारी गरेको हो ।

यसअघि जुन २० र जुन २५ तारिखमा जापानबाट नेपालीको उद्धार गरिएको थियो ।