बराहक्षेत्रको बजेट ८७ करोड ३३ लाख

Newslaya Home

बराहक्षेत्रको बजेट ८७ करोड ३३ लाख

शुक्रबार १२, असार २०७७

इटहरी । बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७७र७८ का लागि ८७ करोड ३३ लाख ८९ हजार ३ सय ९३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आज शुक्रबार छैठौं नगरसभा बैठकमा बराहक्षेत्र नगरपालिकाको उपप्रमुख कमला मगरले निती तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

आन्तरिक आयतर्फ १५ करोड ५१ लाख ३६ हजार ७ सय, सशर्त अनुदान (केन्द्र) ३७ करोड ७२ लाख, वित्तीय समानिकरण अनुदान (केन्द्र) १९ करोड ५ लाख, राजस्व वाडफाँडबाट १३ करोड ६ लाख ८३ हजार ६ सय ९३ अनुमान गरिएको छ ।

यस्तै, वित्तीय समानिकरण (प्रदेश) तर्फ ८२ लाख ६९ हजार, प्रदेश अनुदान १६ लाख, समपुरक अनुदान (प्रदेश) १ करोड अनुमान गरिएको छ ।

नगरपालिकाले कृषि, स्वास्थ र शिक्षालाई प्राथमिकता दिएको छ ।

1 प्रतिकृयाहरू प्राप्त
  • अर्जुन पाण्डेलेख्नुहुन्छ
  • |
  • बुधबार १७, असार २०७७
अन्यक्षेत्रको भन्दा हाम्रो नगरपालिकाको बजेट कम हो नगरपालिकाले ओगटेको क्षेत्र धेरै प्राकृतिक स्रोतको परिचालन गर्न पाउँदा पनि १अर्ब पुग्न सकेन।