सबै सामुदायिक विद्यालयमा इन्टरनेट उपलब्ध गराउन निर्देशन

Newslaya Home

सबै सामुदायिक विद्यालयमा इन्टरनेट उपलब्ध गराउन निर्देशन

शुक्रबार १२, असार २०७७

काठमाडौं । संसदीय समितिले सबै सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सुविधा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शिक्षण संस्थाहरुमा द्रुत गतिको इन्टरनेट पुर्याउन नेपाल सरकार सञ्चार ता सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

साइबर अपराध र सुरक्षाको सम्बन्धमा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल प्रहरी लगायतसँगको छलफल पछि समितिले सबै स्थानीय तह, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले नेपाल भित्र प्रयोग हुने एप्स तथा समाजिक सञ्जालको प्रयोग नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड तथा प्रयोग गर्न दिने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

समितिले सरकारी कागजपत्र र सूचनाहरुको चुहावट तथा दुरुपयोग हुने गरेको भन्दै आधिकारीक माध्यमबाट मात्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।