गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ४ वटा उद्योगलाई कारबाही

Newslaya Home

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ४ वटा उद्योगलाई कारबाही

शुक्रबार १२, असार २०७७

काठमाडौं । गुणस्तहीन सिमेन्ट उत्पादन गर्ने ४ वटा उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ।

विभागले बाराको रिलायन्स सुपरटेक सिमेन्टको पिएससी सिमेन्ट गुणस्तरहीन रहेको भन्दै सिमेन्ट उद्योगको इजाजत पत्र नै रद्द गरेको छ। विभागले गरेको प्रगोगशाला परीक्षणमा नेपाल गुणस्तर चिह्न नियमावली २०४० को नियम १६ अनुसार इजाजत रद्द गरेको जनाएको छ।

उक्त सिमेन्ट उद्योगले इजाजत रद्द गरेको समयमा पनि सिमेन्ट बिक्री वितरण गरेको फेला पारेको हो।

यसैगरी, विभागले पर्साको इन्टरनेसनल सिमेन्ट उद्योगकोे ओपिसी सिमेन्ट इजाजज रद्द भएको अवस्थामा पनि बिक्री वितरण गरेको भन्दै कारबाही गरेको छ।

यस्तै विभागले अग्नि सिमेन्ट उद्योग प्रालीलाई समेत कारबाही गरेको छ। विभागले अग्नि सिमेन्ट उद्योग रुपन्देहीसँग स्पष्टीकरण मागेको छ। साथै विभागले सर्वोत्तम सिमेन्ट नवलपरासीको ओपिसी सिमेन्टमा पनि आइआरको मापन नेपाल गुणस्तरभन्दा बढी रहेको भन्दै स्पष्टीकरण सोधेको छ।