बक्राहा खोलाले बगाएर एक महिलाको मृत्यु

Newslaya Home

बक्राहा खोलाले बगाएर एक महिलाको मृत्यु

शुक्रबार १२, असार २०७७

मोरङ । बक्राहा खोलाले बगाएर मोरङको रतुवामाई नगरपालिका– ५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको मृत्यु भएको छ ।

बिहिवार बेलुका बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् ।

बेपत्ता शाहलाई ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा शुक्रबार (आज) बिहान बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।