कटुवा पेस्तोलसहित जनकपुरबाट एक जना पक्राउ

Newslaya Home

कटुवा पेस्तोलसहित जनकपुरबाट एक जना पक्राउ

शुक्रबार १२, असार २०७७

धनुषा । धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुर–१ का श्याम सहनी रहेका छन् । उनलाई बाउन्न बिगाह क्षेत्रबाट पक्राउ गरिएको हो । उनको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले प्रदेश २–०२–००१ प ३९१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।