२ लाख भारु सहित विराटनगरबाट एक जना पक्राउ

Newslaya Home

२ लाख भारु सहित विराटनगरबाट एक जना पक्राउ

शुक्रबार १२, असार २०७७

विराटनगर । विराटनगर –१५ बाट २ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारेको हो ।