कोशीमा पानीको वहाव बढ्यो, २४ ढोका खुल्ला

Newslaya Home

कोशीमा पानीको वहाव बढ्यो, २४ ढोका खुल्ला

शुक्रबार १२, असार २०७७

इटहरी । वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ ।

शुक्रबार मध्याह्न गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । अहिले कोशी ब्यारेजका २६ ढोका खुला गरिएको छ ।

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको जनाइएको छ ।