नेपालको जनसंख्या ३ करोड पुग्यो

Newslaya Home

नेपालको जनसंख्या ३ करोड पुग्यो

शुक्रबार १२, असार २०७७

काठमाण्डौ । नेपालको जनसंख्या ३ करोड पुगेको छ।

तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार(आज) नेपालको जनसंख्या ३ करोड ६३४ देखाएको हो। सन् २०११ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो।

तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ। जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।