सिन्धुली अस्पतालको आइसोलेसनमा एक महिलाको मृत्यु

Newslaya Home

सिन्धुली अस्पतालको आइसोलेसनमा एक महिलाको मृत्यु

शुक्रबार १२, असार २०७७

सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ बर्षिया महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् ।

अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो । यही असार ३ गते पाटुबाट सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ सिम्ले स्थित माइती घरमा आएर बसेकी ती महिलालाई उपचारमा ल्याउन ढिला हुँदा मृत्यु भएको जनाइएको छ ।

मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले शुक्रबार बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको जनाइएको छ ।