विराटनगरमा पानीमा डुबेर बालकको मृत्यु

Newslaya Home

विराटनगरमा पानीमा डुबेर बालकको मृत्यु

शुक्रबार १२, असार २०७७


विराटनगर । विराटनगरमा बर्षाका कारण जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । विराटनगर–१८ आईसीपीमा बिहीबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण जमेको पानीमा डुबेर ७ वर्षीय बालक अंकुश मण्डलको ज्यान गएको हो ।

घरबाट आफ्ना काकाको पसलतर्फ जाने क्रममा करिब ६ फिट गहिरो पानीको आहालमा बालक डुब्न पुगेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
पानीमा डुबेका बालकलाई उद्धार गरेर कोशी अस्पताल विराटनगर उपचारका लागि पु¥याइएको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको छ ।