घट्यो सुनको भाउ

Newslaya Home

घट्यो सुनको भाउ

शुक्रबार १२, असार २०७७

काठमाडौं । सुनको मूल्य शुक्रबार(आज) प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १६० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै आज चाँदीको भाउ तोलाको ९४० रुपैयाँ रहेको छ ।