एक क्विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

Newslaya Home

एक क्विन्टल गाँजासहित वडाध्यक्ष पक्राउ

शुक्रबार १२, असार २०७७

पोखरा । बागलुङका एक वडाध्यक्ष गाँजा तस्करी गर्दागर्दै पक्राउ परेका छन् ।

बागलुङको निशिखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती एक क्‍विन्टलभन्दा बढी परिमाणको गाँजासहित शुक्रबार(आज) पक्राउ परेका हुन् ।

बिक्री गर्न गाँजा लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।