अब गौमूल गाउँपालिकामा चाउचाउ बिक्री वितरण गर्न नपाइने

Newslaya Home

अब गौमूल गाउँपालिकामा चाउचाउ बिक्री वितरण गर्न नपाइने

शुक्रबार १२, असार २०७७

बाजुरा । गौमूल गाउँपालिकामा बजारका खानेकुराको बिगबिगी बढेपछि अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने गाउँसभाले निर्णय गरेको छ ।

गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र चाउचाउलाई गाउँपालिकाका ६ वटै वडामा पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा चाउचाउसहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताए ।

विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्रिवितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ ।