बुद्धचित्तको माला लुटपाट गर्न आएको समूहले गोली चालाउँदा पाँच जना घाइते

Newslaya Home

बुद्धचित्तको माला लुटपाट गर्न आएको समूहले गोली चालाउँदा पाँच जना घाइते

शुक्रबार १२, असार २०७७

काठमाडौं । काभ्रेको रोशी गाँउपालिकामा बुद्धचित्तको माला लुटपाट गर्न आएको समूहले गोली चलाएको छ । बुद्धचित्तको माला लुटपाट गर्न आएको समूहले शुक्रबार बिहानै गोली चलाएको काभ्रे प्रहरीले जनाएको छ ।

बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाले जानकारी दिएका छन् ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

थापाका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चलेको हो । थप विवरण आउन बाँकी छ ।