देशका अधिकांश स्थानमा वर्षा, बाढी पहिरोको जोखिम

Newslaya Home

देशका अधिकांश स्थानमा वर्षा, बाढी पहिरोको जोखिम

शुक्रबार १२, असार २०७७

काठमाडौं । जल तथा मौसम पूर्वानमुमान महाशाखाले मुलुकका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही दिन अझै वर्षा जारी रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश नं ५ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अधिकांश ठाउँमा वर्षा भइरहेको हुँदा ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।