भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

Newslaya Home

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

शुक्रबार १२, असार २०७७

काठमाडौँ । भारतमा कोरोना भाइरसका कारण बिहीबारमात्रै ४०१ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १५ हजार ३०८ जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

कोरोनाका कारण दिल्लीमा सबैभन्दा भयावह स्थिति रहेको अधिकारीहरुले जनाएका छन् । एक रिपोर्टका अनुसार कोरोना अनुपात झण्डै ३० प्रतिशत रहेको छ । दिल्ली सरकारले प्रत्येक घरमा गएर कोरोना परिक्षण गर्ने निर्णय गरिसकेको छ । त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै डरलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार बिहीबारमात्रै १८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ४ लाख ९१ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

त्यस्तै २ लाख ८५ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।