असार २२ र २३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

Newslaya Home

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

शुक्रबार १२, असार २०७७

काठमाडौँ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रम आगामी आसार २२ र २३ मा सञ्चालन गरिने भएको छ । गत ६ र ७ वैशाखमा सञ्चालन हुनुपर्ने कार्यक्रम बन्दाबन्दीको कारण सचिवस्तरीय निर्णयबाट स्थगित भएको थियो । दोस्रो चरणको कार्यक्रममा ६ महिनादेखि ५९ महिनासम्मका २७ लाख ३ हजार ५ सय २२ बालबालिकालाई भिटमिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ ।

यस्तै, एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख ९३ हजार १ सय ५२ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ । यस्तै, बालभिटा कार्यक्रम लागु भएका ४१ जिल्लाका ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई बालभिटा वितरण गरिने पोषण शाखा प्रमुख केदारप्रसाद पराजुलीले जानकारी दिए । यसअघि गत २ र ३ कात्तिकमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम पहिलो चरणको कार्यक्रम सञ्चालन भएको थियो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत पहिलो चरणमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि उपलब्ध गराइएको थियो । यस्तै, ६ देखि २३ महिनाका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व बालभिटा वितरण गरिएको थियो ।