गोठगाउँबाट ७० जना कोरोना संक्रमित निको भएर घर फर्किए

Newslaya Home

गोठगाउँबाट ७० जना कोरोना संक्रमित निको भएर घर फर्किए

शुक्रबार १२, असार २०७७

विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना ठिक भई बिहीबार ७० जना डिस्चार्ज भएका छन् ।

मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररतमध्ये ७० जना डिस्चार्ज भएका हुन् ।

कोरोना ठिक भई डिस्चार्ज हुनेहरुमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका एक एक जना छन् ।

उनीहरु जेठ २५ देखि ३० गतेसम्म आईसोलेसनमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेलले जानकारी दिएका छन् ।

उनीहरुलाई बिदाइ गर्न स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतसहितको टोली गोठगाउँ पुगेको थियो ।

अब प्रदेश १ मा कोरोना रोग ठिक भई डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । बिहिबार थप ७ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।