२०७७ आषाढ १२ गते शुक्रबारको राशिफल

Newslaya Home

२०७७ आषाढ १२ गते शुक्रबारको राशिफल

शुक्रबार १२, असार २०७७

मेष । आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

वृष । सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

मिथुन । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । शुभ कार्यमा सफलता मिल्नेछ । व्यापारमा धनलाभ हुनेछ ।

कर्कट । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

सिंह । आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्तिको कमी हुनेछ । स्वास्थ्यमा लाभ भने हुनेछ ।

तुला । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृश्चिक । आज समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आर्थिक लाभ हुने र भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

मकर । आजबाट शुभ कार्यको थालनी होला । आर्थिक कारोवारमा सफलता पाइएला । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।

कुम्भ । लाभदायक यात्रा होला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मीन । आज भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ योजना र अवसरपनि मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।