उदयपुरमा चट्याङले लागेर एक महिलाको मृत्यु

Newslaya Home

उदयपुरमा चट्याङले लागेर एक महिलाको मृत्यु

बिहीबार ११, असार २०७७

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार (आज) बिहान खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर त्रियुगा–१३ असारी बस्ने ४५ बर्षीय कानन चौधरीको मृत्यु भएको हो ।

बर्षासंगै आएको चट्याङले लाग्दा घाइते भएकी उनलाई जिल्ला अस्पताल उदयपुरमा लयाई उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।