सुनसरीको भाण्टाबारीबाट लागुऔषध सहित एक युवा पक्राउ

Newslaya Home

सुनसरीको भाण्टाबारीबाट लागुऔषध सहित एक युवा पक्राउ

बिहीबार ११, असार २०७७

इटहरी । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट लागुऔषध सहित एक युवा पक्राउ परेका छन् ।

बुधबार दिउँसो भाण्टाबारी स्थितमा हिडिरहेको अवस्थामा स्थानीय २३ बर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४० एम्पोल, नाईट्रोशन १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।