धरानबाट अटोमेटिक पेस्तोल तथा गोली सहित एक युवा पक्राउ

Newslaya Home

धरानबाट अटोमेटिक पेस्तोल तथा गोली सहित एक युवा पक्राउ

बिहीबार ११, असार २०७७

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१५ बाट अटोमेटिक पेस्तोल तथा गोली सहित एक युवा पक्राउ परेका छन् ।

बुधबार विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश क्षेत्रीय अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान–१५ स्थित घरमा लुकीछिपी बसेको अवस्थामा धनकुटा शहिदभूमी गाउँपालिका–६ घर भएका २७ वर्षीय रोशन राईलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनले प्रयोग गरेको मोटरसाइकल सोही नगरपालिकास्थित रामहंस मार्गमा पार्किङ गरी राखेको खुल्न आएपछि उक्त मोटरसाइकल जाँच गर्दा सिटमुनी लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, सोही म्याग्जिनमा लोड भएको गोली ३ राउण्ड, मोबाइल २ थान र सिम कार्ड ६ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईविरुद्ध जिल्ला अदालत सुनसरीबाट हातहतियार खरखजाना मुद्धामा ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।