मोरङमा चट्याङले लागेर ७० बर्षीय वृद्धको मृत्यु

Newslaya Home

मोरङमा चट्याङले लागेर ७० बर्षीय वृद्धको मृत्यु

बिहीबार ११, असार २०७७

मोरङ । मोरङको सुनवर्सी–५ स्थित बर्षासंगै आएको चट्याङले लागेर ७० बर्षीय वृद्धको मृत्यु भएको छ ।

बिहीबार (आज) दिउँसो आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा चट्याङले लागेर सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको मृत्यु भएको हो ।
चट्याङले लाग्दा दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।