विराटनगरमा विवाह गर्न कार्ड बाँडिसकेका एक युवकमा कोरोना पोजेटिभ

Newslaya Home

विराटनगरमा विवाह गर्न कार्ड बाँडिसकेका एक युवकमा कोरोना पोजेटिभ

बिहीबार ११, असार २०७७

मोरङ । विवाह गर्न कार्ड समेत बाँडिसकेको अवस्था एक युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

विराटनगर १२ पानीटंकी निवासी २२ वर्षीय युवकमा कोभिड १९ पुष्टि भएको हो ।

भारतको दिल्लीमा अध्ययन गर्दै आएका उनको घरमा आमा र बुबा मात्र रहेको र विवाहका लागि युवक पाँचदिन अघि घर आएको जनाइएको छ ।

भारतबाट आएपछि क्वारेन्टाइनमा बस्न नमानेका उनलाई बजारको क्वारेन्टाइनमा राखिएको अवस्थामा उनको पीसीआर स्वाब परिक्षण गरिएको थियो ।

बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको जनाइएको छ ।

महानगरमा हालसम्म ४ महिला र ४ पुरुष गरि कुल ८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।