खाँदबारी नगरपालिकाद्धारा ६१ करोड ८३ लाख भन्दा बढीको बजेट प्रस्तुत

Newslaya Home

खाँदबारी नगरपालिकाद्धारा ६१ करोड ८३ लाख भन्दा बढीको बजेट प्रस्तुत

बिहीबार ११, असार २०७७

संखुवासभा । खाँदबारी नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि ६१ करोड ८३ लाख ७० हजार ४ सय अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेको छ ।

बधबार नगरपालिकाको सातौं नगरसभामा नगरप्रमुख मुरारीप्रसाद खतिवडाले आर्थिक वर्ष ०७६/७७ को उपलब्धि र आर्थिक वर्ष ०७७/७८ का लागि प्रस्तावित आयव्ययको विवरण प्रस्तुत गरेका हुन् ।

नगरपालिकाको आर्थिक स्रोतबाट ४ करोड, राजस्व बाँडफाटतर्फ ८ करोड २२ लाख ६७ हजार ४ सय, त्यसैगरी संघीय वित्तीय समानिकरण सशर्तबाट १७ करोड ७ लाख रहेको छ ।
त्यसैगरी संघीय सरकार सशर्त अनुदानतर्फ २७ करोड १८ लाख, संघीय समपूरक २ करोड ४६ लाख, प्रदेश वित्तीय समानीकरणतर्फ ७२ लाख ६ हजार, प्रदेश सशर्त राजस्व अनुमानतर्फ ७७ लाख ९७ हजार, प्रदेश समपूरक अनुदानतर्फ १ करोड विनियोजन गरेको छ । सडक बोर्ड नेपालतर्फ ४० लाख आय आर्जन हुने गरी अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

आर्थिक ०७७/७८ मा विनियोजित कुल बजेट ६१ करोड ८३ लाख ७० हजार ४ सयमध्ये नगरपालिकातर्फको प्रशासनिक खर्चका लागि ११ करोड २९ लाख ९७ हजार, भौतिक पूर्वाधार निर्माणका लागि १५ करोड ४० लाख, आर्थिक विकासतर्फ १ करोड ५० लाख, सामाजिक विकासतर्फ २ करोड ५० लाख, वन वातावरण तथा बिपद् ब्यवस्थापनतर्फ ४० लाख, सुशासन तथा संस्थागत विकासतर्फ २५ लाख विनियोजन गरिएको छ ।

त्यसमध्ये संघीय सरकारबाट सशर्त अनुदानतर्फ २७ करोड १८ लाखको बजेट तथा कार्यक्रमसमेत प्राप्त भइसकेको अवस्था रहेको नगरप्रमुख खतिवडाले नगरसभालाई जानकारी दिए ।
नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा सडकको स्तरोन्नति, खानेपानि, विद्युतीकरण र वातावरणीय सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ ।