सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु

Newslaya Home

सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु

बिहीबार ११, असार २०७७

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको टोकाइबाट १८ महिने बालकको मृत्यु भएको छ ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका १८ महिने छोराको मृत्यु भएको हो ।

मृतक बालकको नाम भने नखुलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए ।

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।