डिडिसीले दुग्धजन्य पदार्थको मूल्य घटायो

Newslaya Home

डिडिसीले दुग्धजन्य पदार्थको मूल्य घटायो

बिहीबार ११, असार २०७७

काठमाण्डौ । दुग्ध विकास संस्थान (डिडिसी)ले दुध घ्यु, नौनी र धुलो दुधको मूल्य घटाएको छ । लकडाउनका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएको भन्दै डिडिसीले मूल्य घटाएको जनाएको छ ।

विक्रीमा कमी आउँदा दुग्धजन्य पदार्थको मौज्दातसमेत वृद्धि भएको बताइएको छ । कम्पनीले घ्यूमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० रुपैयाँ र धुलो दूधमा १० रुपैयाँ छुट दिएको छ ।

घ्यूको खुद्रा मूल्यसँगै थोक मूल्यमा पनि एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको बताइएको छ ।