तीन पाने रक्सीलाई धरान उपमहानगरले ब्रान्डिङ गर्ने

Newslaya Home

तीन पाने रक्सीलाई धरान उपमहानगरले ब्रान्डिङ गर्ने

बिहीबार ११, असार २०७७

धरान । धरान उपमहानगरपालिकाले ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङगर्ने भएको छ ।

धरानमा आव ०७७ ७८ को नीति तथा कार्यक्रममा तीनपाने रक्सीलाई प्रसोधनको व्यवस्थापन गरि प्रबद्धन गर्ने उल्लेख गरिएको छ ।

नीति तथा बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख भएको बताएकी थिइन ।

आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसको लागि सरोकाराला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिनेछ ।’

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई व्यवसायिकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम लागू गरिने पनि बजेटमा समावेश गरिएको छ ।