देवानगञ्जको बजेट सार्वजनिक

Newslaya Home

देवानगञ्जको बजेट सार्वजनिक

बिहीबार ११, असार २०७७

सुनसरी । देवानगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७७।०७८ को लागि ५२ करोड ३४ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँ सभाका बिच सार्वजनिक गरिएको बजेट पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा लक्षित छ ।

गाउँपालिकाले सार्वजनिक गरेको अनुमानिय आय व्यय विवरणमा आन्तरिक आय नियमित तर्फ ६० लाख र अन्य क्रमागत योजना सहित ८ करोड ५० लाख अनुमान गरेको छ । गाउँपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आय विवरणमा समावेश गरेको छ ।

भ्वाइस अफ चिल्ड्रेनले गाउँपालिकालाई २५ करोड र सम्पूर्णता जिवनको लागि यूवा सृजनाहरुले १ करोड ३९ लाख ६ सय २९ रुपैंया बजेट विनियोजन गरेको गाउँसभामा जानकारी दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले बजेट समावेशी र पारदर्शी रहेको बताएका छन् ।