झापा हल्दिबारीको गाउँसभामा कुटाकुट

Newslaya Home

झापा हल्दिबारीको गाउँसभामा कुटाकुट

बिहीबार ११, असार २०७७

झापा । झापाको हल्दिबारी गाउँपालिकाको गाउँसभामा कुटाकुट भएको छ । गाउँसभाका केही सदस्यले अध्यक्ष रविन्द्र लिङ्गदेनलाई मुक्का प्रहार गरेका हुन् ।

लिङ्गदेनको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा गाउँपालिकाका केही कुर्सी, टेबल भाँचिएका छन् । गाउँसभा बिथोल्न आएका अराजक व्यक्तिको आक्रमणबाट झ्याल, ढोका, टेबल कुर्सीलगायत कार्यालयका भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ ।

लिङ्गदेनले नेकपाबाट निर्वाचित गाउँसभा सदस्यबाट आक्रमण भएको आरोप लगाएका छन् । गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरवस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमति सिर्जना भएपछि एकैपटक आक्रमण सुरु भएको उनको भनाइ छ ।

हल्दिबारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्यअनुसार काम गर्न नपाएको नेकपा पक्षको आरोप छ।