बिरामी कुरुवा युवतीमाथि दुर्व्यवहार गर्ने मण्डल पक्राउ

Newslaya Home

बिरामी कुरुवा युवतीमाथि दुर्व्यवहार गर्ने मण्डल पक्राउ

बिहीबार ११, असार २०७७

विराटनगर । विराटनगरको कोसी अस्पतालमा बिरामी कुरुवा बसेकी युवतीमाथि दुरव्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का २२ वर्षीय सुरज मण्डल रहेका छन् ।

मण्डलले महिला वार्डको २०२ नम्बर बेडमा उपचाररत बिरामीको कुरुवा रहेकी युवतीमाथि बुधबार बिहान दुर्व्यहावर गरेको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका–४ घर भएकी युवती बिरामी भएर भर्ना गरिएकी बहिनीको रेखदेखका लागि अस्पताल बसेकी थिइन् ।

रेखदेखका लागि बसेकी युवती पनि खाली रहेको अर्को २५८ नम्बरको बेडमा सुतेकी थिइन् । प्रहरीकाअनुसार बेडमा निधाएको अवस्थामा ओठमा चुम्बन गरेर एक युवा फरार भएका थिए ।