पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण

Newslaya Home

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण

बिहीबार ११, असार २०७७

पाल्पा । पाल्पामा विहिबार(आज) मात्रै एक सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको क्रममा २८ जना गरी एक सय २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

निस्दी गाउँपालिकामा ८७ पुरुष र ६ जना महिला गरी ९३ जना, पुर्वखोला गाउँपालिकामा १८ जना, रम्भा गाउँपालिकामा ६ जना, तानसेन नगरपालिकामा ३ जना र तिनाउ गाउँपालिकामा एक जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै पाल्पामा सक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्किसकेका छन । संक्रमित बढेसंगै गाउँपालिकाहरुलाई आइसोलेसन व्यवस्थापनमा कठिनाई भएको छ ।