सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु

Newslaya Home

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु

बिहीबार ११, असार २०७७

राजविराज । सप्तरीको कल्याणपुरमा बुधबार (राति) भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर का ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।