एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Newslaya Home

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

बिहीबार ११, असार २०७७

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

यसमबाट वडा नम्बर ९ को पोकलीतर्फ जाँदै गरेको एम्बुलेन्स कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स बिहीबार बिहान गाउँपालिकाबाट बिरामी लिन पोकली जाँदै थियो । गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको जनाइएको छ ।