इटहरी चोकमा पृथ्वीको स्मारक बनाइने, नाम फेरेर पृथ्वी चोक राखिने

Newslaya Home

इटहरी चोकमा पृथ्वीको स्मारक बनाइने, नाम फेरेर पृथ्वी चोक राखिने

बिहीबार ११, असार २०७७

इटहरी । इटहरी चोकमा पुथ्वी आकारको स्मारक राखिने भएको छ । पहिले स्व. राजा विरेन्द्र शाहको शालिक रहेको स्थानमा उक्त संरचना निर्माण गर्न लागिएको हो ।

विरेन्द्रको शालिकलाई २०६२/०६३ को जनआन्दोलको क्रममा विद्यार्थीहरुको समूहले भत्काएका थिए । शालिक भत्काएपछि अहिले उक्त स्थान खाली रहेको छ ।

इटहरीको पहिचान झल्काउने गरी सो स्थानमा पृथ्वीको स्मारक राखेर पुथ्वी चोक नामाकरण गरिने आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैगरी इटहरी वडा नम्बर ६ को वीपी चोकमा विशेश्वर प्रसाद कोइराला र इटहरी वडा नम्बर १७ को लविपुरमा मदन भण्डारीको शालिक स्थापना गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी इटहरी उपमहानगरपालिका क्षेत्रमा विभिन्न विद्यामा योगदान पुर्याउने इटहरी गाविसका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, उपाध्यक्ष मलेसी चौधरी, संसारकै जेठो नागरिकको रुपमा दावी गरिएका वीर नारायण चौधरी, यसैगरी दुखिलाल चौधरी, इटहरी र अस्पताललाई जग्गा दान गर्ने दाताहरुको स्मरणमा विभिन्न वडाहरुमा सामुदायिक स्मृति भवनको निर्माण गर्ने योजना समेत समेटिएको छ ।