बेलबारी नगरपालिकाद्धारा १ अर्व १३ करोड भन्दा बढीको बजेट विनियोजन

Newslaya Home

बेलबारी नगरपालिकाद्धारा १ अर्व १३ करोड भन्दा बढीको बजेट विनियोजन

बिहीबार ११, असार २०७७

मोरङ । बेलबारी नगरपालिकाले आर्थीक बर्ष ०७७/०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट विनियोजन गरेको छ ।

बुधबार आयोजना गरिएको छैटौ नगर अधिवेशनबाट नगरपालिकाले कुल बजेटको चालु कार्यक्रम र प्रशासनिक खर्चका लागि ७३ करोड ५१ लाख ९३ हजार १ सय ६० रुपैया र पुजिगत खर्चतर्फ ४० करोड ४ लाख १६ हजार ८ सय ५ रुपैया बिनियोजन गरेको छ ।

नगरका गौरवका केहि आयोजनाहरुलाई निरन्तरता दिँदै केहि नयाँ थप गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई वस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जिविको पार्जन गर्न कठिन भएका व्यक्ति वा समूहरुलाई उद्यमशिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया विनियोजन गरीएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका व्यावसायिक सिप र क्षमता भएर पनि व्यावसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफ्नै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन गरीएको छ ।

बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख विनियोजन गरेको छ भने नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाद्य सुरक्षा विपत सहजताका लागि १ करोडको छुटै व्यवस्था गरेको छ । एक वडा एक उत्पादन साहकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैया र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाको बजेटको नगरसभा वाट छुटञयाइएको छ ।

कृषिलाई आधुनिकरण र व्यावसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

नगरपालिकाले आफनो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकिय क्षेत्र, उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई लिएको छ ।
समूह तथा सहकारी सँगको सहकार्यमा फलफुलका विरुवा उत्पादन गर्न नर्सरी स्थपना गर्ने नगरशभामा प्रस्तुत भएको निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । निति तथा कार्यक्रममा टिस्युकल्चर ल्यावको स्थपना गरी स्वस्थ बिरुवा उत्पादन गर्ने समेत उल्लेख गरीएको छ ।