हल्दिवारी गाउँपालिकामा बजेटको विषयमा विवाद (भिडियो सहित)

Newslaya Home

हल्दिवारी गाउँपालिकामा बजेटको विषयमा विवाद (भिडियो सहित)

बिहीबार ११, असार २०७७

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा बजेट सार्वजनिक गर्ने विषयलाई लिएर विवाद सृजना भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वजेट सार्वजनिक गर्ने तयारी गर्दै गर्दा विवाद सृजना भएको हो ।

विवदका क्रममा आफूलाई नेकपाका केही कार्यकर्ताले हातपात गरेको भन्दै गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन मेची अञ्चल अस्पताल भद्रपुर स्वास्थ्य जाँचका लागि गएका थिए ।

उनीसंगै नेपाली कांग्रेसका होमचुडाल समेत घाइते भएको र उनलाई पनि मेची अञ्चल अस्पताल लगिएको जनाइएको छ । उक्त विवादका क्रममा हात हालाहाल भएपछि हल्दिवारी–५ का वडा अध्यक्ष शेरवहादुर नेम्वाङ्ग समेत घाइते भएको बताइएको छ ।

अध्यक्ष लिङदेन आफैंले सभा भईरहेको समयमा अर्मयादित ढंगले प्रस्तुत भएको र टेवल फुटाएको गाउँपालिका उपाध्यक्ष डम्वरवहादुर गिरीको भनाई छ । उनले अमर्यादित ढंगले प्रस्तुत हुने जो कोहीलाई सार्वजनिक मुद्धा चलाउने भन्दै सभा पुनः सञ्चालन गरेको जनाइएको छ ।
भिडियोः