आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने पूर्वराजा ज्ञानेन्द्रको घोषणा

Newslaya Home

आफ्नो जन्मदिन उत्सवका रूपमा नमनाउने पूर्वराजा ज्ञानेन्द्रको घोषणा

बिहीबार ११, असार २०७७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले असार महिनामा पर्ने आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने भएका छन् ।

राष्ट्र विषम स्थितिबाट गुज्रिरहेको भन्दै पूर्वराजा ज्ञानेन्द्रले जन्मदिनलाई उत्सवका रूपमा नमनाउने घोषणा गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले कोरोना महामारी कारण जनताले भोग्नुपरेको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् । अहिले चुनौतीसँग अवसर पनि आएको भन्दै उनले विभिन्न कारणले स्वदेश फर्किएकाहरूलाई देशभित्र इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।