बेलायतले शुरु गर्यो मानिसमा कोरोनाभाइरसको खोप परीक्षण

Newslaya Home

बेलायतले शुरु गर्यो मानिसमा कोरोनाभाइरसको खोप परीक्षण

बिहीबार ११, असार २०७७

एजेन्सी । लायतको इम्पेरियल कलेजका प्राध्यापक रोबिन शाटोकको नेतृत्वमा कोरोनाभाइरसको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।

यसअघि जनावरमा यो खोपको परीक्षण गर्दा रोग प्रतिरोधी क्षमता बढेको थियो । अक्सफोर्ड युनिभर्सिटीका बिज्ञहरुले आउँदो सातासम्ममा ३०० स्वयमसेवकहरुले यो खोप लगाउने गरी खोपको परीक्षण सुरु गरिसकेका छन् ।

यो खोप लगाउने पहिलो स्वयमसेवक फाइनान्समा काम गर्ने ३९ वर्षीया काथी हुन् । उनले आफू भाइरसविरुद्धको लडाइमा सहभागी हुन चाहेको कारण खोप परीक्षणमा पहिलो व्यक्ति हुन मञ्जुर भएको बताएकी छिन् ।

पहिलो चरणको परीक्षणपछि यो खोपको दोस्रो चरणको परीक्षण आगामी अक्टोबरबाट शुरु हुने जनाइएको छ । दोस्रो चरणमा छ हजार जनामा परीक्षण गरिने छ । सबै परीक्षण सफल भए सन् २०२१ को शुरुवातबाट खोप बेलायत र अन्य देशका लागि समेत उपलब्ध हुने जनाइएको छ ।

अहिले संसारभरि १२० ठाउँमा कोरोनाभाइरसको खोप बनाउने प्रयास भइरहेको छ । १३ ठाउँमा भने ‘क्लिनिकल’ परीक्षणमा पुगिसकेको छ । १३ स्थानमध्ये चीनले पाँच, अमेरिकाले तीन र बेलायतले दुई ठाउँमा क्लिनिकल परीक्षण गरिरहेका छन् । त्यसबाहेक अष्ट्रेलिया, रुस र जर्मनीमा एक एक ठाउँमा परीक्षण भइरहेको छ ।