चट्याङ लागेर दुई युवतीको मृत्यु

Newslaya Home

चट्याङ लागेर दुई युवतीको मृत्यु

बिहीबार ११, असार २०७७

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर दुई युवतीको मृत्यु भएको छ ।

बुधबार घरमा बसिरहेको बेला परेको चट्याङ लागेर बकैया–२ कालापानीकी २५ वर्षीया बिना घिसिङ र १७ वर्षीया सम्झना घिसिङको ज्यान गएको हो ।

चट्याङ लागेर सम्झनाको घटनास्थलमै मृत्यु भएको हो भने बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।


चट्याङ लागेर भाइते भएका १४ वर्षीय किरण जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।