घातक पाउडर बिक्री गरेको आरोपमा उत्पादक कम्पनीलाई २ अर्ब डलर जरिवाना

Newslaya Home

घातक पाउडर बिक्री गरेको आरोपमा उत्पादक कम्पनीलाई २ अर्ब डलर जरिवाना

बिहीबार ११, असार २०७७

एजेन्सी । संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादकलाई दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ ।

यद्यपी मिजौरी पुनरावेदन अदालतले जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो । प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना माग दाबी गरिएको थियो ।

अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ ।

जोन्सन एन्ड जोन्सनकी एक प्रवक्ताले मिजौरी अदालतको आदेश विरुद्ध मिजौरीको सर्वोच्च अदालतमा मुद्दा दायर गरिने बताएकी छिन् ।

जोन्सनले अमेरिका र क्यानडामा टाल्क मिश्रित बच्चाका लागि पाउडर उत्पादन नगरिने घोषणा गर्दै विश्वका अरु देशमा भने यसको बिक्री यथावत राख्ने जनाएको छ ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेरिकी डलर जरिमाना तिराएको थियो ।