इनरुवा नगरपालिकाको अनुमानित बजेट ९९ करोड ३५ लाख

Newslaya Home

इनरुवा नगरपालिकाको अनुमानित बजेट ९९ करोड ३५ लाख

बिहीबार ११, असार २०७७

सुनसरी । इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष ०७७/७८ का लागि ९९ करोड ३५ लाख ६ हजार १ सय १० रुपैंया अनुमानित रकम विनियोजन सहितको बजेट सार्वजनिक गरेको छ ।

बुधबार छैठौं नगर सभामा उप प्रमुख जमुना गौतम पोखरेलले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सहितको बजेट पेश गरिन् ।

इनरुवा नगरपालिकाले पूर्वाधार बिकासमा जोड दिंदै नगरको समग्र विकास लक्षित योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको पोखरेलले बताइन् ।

१० वटा वडा रहेको नगरका प्रत्येक वडाकालागि २ करोडका दरले रकम बिनियोजन गरिएको छ । बिकास निर्माणको आवश्यक्ता हेरी नगरबाटै उपलब्ध गराउने गरी थप १ करोड रकम उपलब्ध गराइने छ ।
अन्य योजना तथा बजेटका विषय सार्वजनिकीकरणका क्रममा बाहिर ल्याइने नगर कार्यलयले जनाएको छ ।