धरानको बजेट १ अर्ब ७२ करोड, एक हप्तापछि फेरी बैठक बसेर पारित गर्ने

Newslaya Home

धरानको बजेट १ अर्ब ७२ करोड, एक हप्तापछि फेरी बैठक बसेर पारित गर्ने

बुधबार १०, असार २०७७

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

धरान उपहानगरपालिकाको नगरसभामा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

आन्तरिक आयतर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैया, संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ९५ लाख ३५ हजार, संघीय राजस्व वाडफाँडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४, प्रदेश राजस्व वाडफाँडबाट १७ करोड ३ लाख ८० हजार अनुमान गरिएको छ ।

त्यसै गरि संघीय ससर्त अनुदान ४४ करोड २० लाख, संघीय समपुरका अनुदान तर्फ ३ करोड ३३ लाख, संघीय विशेष अनुदान तर्फ १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड तथा खानेपानि व्यवस्थापन वोर्डबाट १ करोड, सडक बोर्डतर्फ १ करोड २० लाख र जनसहभागिता मार्फत् १ करोड ५० लाख रुपैया जुट्ने अनुमान गरिएको छ ।

खर्चतर्फ प्रशासनिक खर्च ३१ करोड ८१ लाख ६८ हजार ५ सय, वडागत प्रशासनिक खर्च तर्फ २ करोड र कार्यक्रम तथा पुजीँगत खर्च २० करोड विनियोजन गरिएको छ ।

उपमेयर भण्डारीले बजेट सार्वजनिक गरे पनि यसले पुर्णता १ हप्ता पछि मात्रै पाउने भएको छ । वडामा पठाउने बजेट सिलिङ बुधबार मात्रै प्राप्त भएकाले वडाहरुले पाएको सिलिङ अनुसार बजेट ब्रेकडाउन गरे पछि पुनः बस्ने नगरसभाले बजेटलाई पुर्णरुपमा पारित गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा साउनदेखि खानेपानी वितरणको काम खानेपानी बोर्डले गर्ने उल्लेख छ । तीन महिनाको राजस्व छुट गर्नेसमेत नीति तथा कार्यक्रममा छ ।