झापामा १ बर्षीया बालिकाको डुबेर मृत्यु

Newslaya Home

झापामा १ बर्षीया बालिकाको डुबेर मृत्यु

बुधबार १०, असार २०७७

झापा । झापाको बाह्रदशी गाउँपालिका–६ कंचनवारीमा पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

बुधबार (आज) दिउँसोको समयमा घरमै खेल्ने क्रममा घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर स्थानीय श्याम कुमार टुडुको साँढे १ बर्षीया छोरी अनुसा टुडुको मृत्यु भएको हो ।

पानी जमेको खाल्डोमा डुबेर बालिका मृत अवस्थामा रहेको भनी जानकारी पाए संगै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।