सुनसरीमा बुधबार थपिए एक कोरोना संक्रमित

Newslaya Home

सुनसरीमा बुधबार थपिए एक कोरोना संक्रमित

बुधबार १०, असार २०७७

सुनसरी । सुनसरीको हरीनगरा क्वारेनटाइनमा बसेका एक पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

बुधबार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो ।

यो सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ७० पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
जिल्लामा संक्रमित निको हुनेको संख्या ३५ जना रहेको जनाइएको छ ।