नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या १० हजार ७२८

Newslaya Home

नेपालमा थप ६२९ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या १० हजार ७२८

बुधबार १०, असार २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कुल संख्या १० हजार ७२८ पुगेको छ ।

बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमित हुनेको कुल संख्या १० हजार ७२८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितमध्ये महिला ११० र पुरुष ५१९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।