इटहरी २ मा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला

Newslaya Home

इटहरी २ मा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला

बुधबार १०, असार २०७७

इटहरी । सुनसरीको इटहरी–२ स्थित एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आफु सुत्ने कोठमा झुण्डिएको अवस्थामा अन्दाजी ५० वर्षीय भिमबहादुर शेर्पा मृत फेला परेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

शेर्पा के कारणले झुण्डिए भन्ने विषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिए ।